Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजबाट वीरगञ्जमा निषेधाज्ञा हटाइयाे

- शुभ बिहानी / आइतबार, साउन १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पर्साको वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा आजदेखि पूर्ण रूपमा हटाइएको छ । सुरक्षा अवस्थामा सुधार आएपछि निषेधाज्ञा आज आइतबारदेखि पूर्ण रूपमा हटाइएको हाे ।

जिल्ला प्रशासन कार्यालय पर्साले समग्र सुरक्षा स्थितिको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको बताइएकाे छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू गरिएकाे निषेधाज्ञा आवश्यक नरहेको निष्कर्ष सहित हटाइएकाे हाे ।

पछिल्ला दिनहरूमा जुलुस, प्रदर्शन र हुलदंगाका घटनाहरू साम्य हुँदै गएपछि प्रशासनले निषेधाज्ञा हटाएकाे हो । आन्दोलन र प्रतिबन्ध हटेसँगै वीरगञ्जको जनजीवन पुनः सामान्य बन्दै गएको छ ।

उता सिरहाको गोलबजार घटनाका पीडित पक्ष र सरकारबीच आठबुँदे सहमति जुटेसँगै मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ । सहमति पछि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी संघसंस्थाहरूले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित गरेका छन् ।

सप्तरी जिल्लामा भने कर्फ्यु कायमै राखिएकाे सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले जनाएकाे छ । अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बिहान ७ देखि ११ बजेसम्म कर्फ्यु खुकुलो पारेको र त्यसपछि ११ बजेदेखि कर्फ्यु निरन्तर लागू हुने भएकाले तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama