Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जुम्लामा चार सय वर्ष पूरानाे रुख ढल्दा नीयवासी चिन्तित

- शुभ बिहानी / मङ्गलबार, साउन १९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जुम्लामा चार सय वर्ष पूरानाे देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जुम्लाको तिला गाउँपालिका-३ लुम्सेरामा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित बनेका हुन् ।

पुस्तौंदेखि आस्था, छाया र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् । स्थानीयवासीले रुख चारसय वर्ष पुरानो भएको अनुमान गरे पनि यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन ।

धार्मिक आस्थाको प्रतीक मानिँदै आएको उक्त देवदारकाे रुख साउन १७ गते ढलेको थियाे । स्थानीय ७४ वर्षीय दीपबहादुर हमालका अनुसार उक्त देवदार दक्षिण एसियाकै सबैभन्दा बलियो र दीर्घायु काठमध्ये एक भएकाे बताइएकाे छ । कर्णालीको स्थानीय भाषामा यसलाई ‘द्यार’ भनिन्छ ।

विसं २०३२ मा रूखको टुप्पो भाँचिएपछि त्यहीँबाट पानी पस्दै जरा कुहिएको र त्यसकै कारण अहिले ढलेको हुनसक्ने स्थानीय ७४ वर्षीय दीपबहादुर हमालले बताएका छन् । तिला गाउँपालिका–४ का ८४ वर्षीय वीरबहादुर सिंहले देवदारको आयु चार हजार वर्षसम्म हुने विश्वास रहेको बताए ।

‘एक हजार वर्ष बढ्न, एक हजार वर्ष उभिन, एक हजार वर्ष ढल्न र अर्को एक हजार वर्ष कुहिन लाग्छ’, भन्ने पुरानो भनाइ सुनाउँदै वीरबहादुरले देवदारलाई अत्यन्त टिकाउ र बहुउपयोगी काठका रूपमा चिनिने बताए ।

स्थानीयवासीका अनुसार करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइ भएको उक्त रूख सडकतर्फ ढल्दा टेलिफोन तथा विद्युत्को खम्बा र धानबालीमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन । स्थानीय निराजन गौतमले गाउँको छायाँ, आस्था र प्राकृतिक सम्पदाका रूपमा रहेको रूख ढलेपछि सो स्थानमा मन्दिर वा चौतारी निर्माण गर्न सरकारसँग माग गरे ।

डिभिजन वन कार्यालय, जुम्लाका प्रमुख भरतबहादुर बूढाथोकीले कर्णाली राजमार्गअन्तर्गत कुदारी–लुम्सेरा सडकखण्डमा रहेको देवदार ढलेको जानकारी प्राप्त भएको बताउँदै ढलेको रुखको वास्तविक उमेर, प्राकृतिक विशेषता र गुणबारे वैज्ञानिक अध्ययन गरिने बताए । उनका अनुसार धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको देवदार कोणधारी वनअन्तर्गत पर्ने महत्वपूर्ण प्रजाति हो ।

स्थानीयले लुम्सेरामा एउटा रूख मात्र ढलेको छैन, गाउँलेको सम्झना, आस्था र पुस्तौँदेखि जोगाइँदै आएको प्राकृतिक सम्पदाको एउटा जीवित इतिहास पनि ढलेको अनुभूति गरेका छन् ।

Page Views: 6
संबन्धित शिर्षकहरु
निगमले विद्युत् प्राधिकरणलाई ११ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने
मेनुकालाई थाइल्यान्डमा सम्मान, मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
ताजा अपडेट
  • जुम्लामा चार सय वर्ष पूरानाे रुख ढल्दा नीयवासी चिन्तित
  • निगमले विद्युत् प्राधिकरणलाई ११ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने
  • मेनुकालाई थाइल्यान्डमा सम्मान, मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
  • चौंरीदेउरालीका नागरिकलाई उपत्यकामा घुम्ती सेवा
  • पूर्वी नाका काँकडभिट्टाबाट चियाको निर्यातमा गिरावट
  • पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
  • नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
  • दुर्गा प्रसाईं पक्राउ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama