गत हप्ता भएकाे सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएसँगै ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे हाे ।
आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसअघि साउन १० गते कप्तानगञ्जमा भएको हिंसामा ओमप्रकाश मेहेता र जयप्रकाश मेहताको मृत्यु भएको थियो ।
त्यसैगरि सिरहाकाे गोलबजारमा भएको घटनामा गणेश यादवको पनि मृत्यु भएको थियो । सुनसरीका ३ र सिरहाका १ जना गरी उक्त घटनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।