Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डा. कोइरालाले अस्वीकार गरे कोइराला निवासका लागि छुट्याइएको २ करोड, बजेट जनताकै हितमा खर्च गर्न आग्रह

- शुभ बिहानी / शुक्रबार, साउन २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ आफूले स्वीकार गर्न नसक्ने बताएका छन्।

उनले उक्त रकम फिर्ता गरी जनताको आधारभूत आवश्यकता पूरा हुने क्षेत्रमा खर्च गर्न सरकारसँग आग्रह गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै लेखेको पत्रमा डा.कोइरालाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासका लागि छुट्याइएको रकम स्वीकार गर्नु वर्तमान परिस्थितिमा नैतिक रूपमा उचित नहुने उल्लेख गरेका छन्।

उनले मुलुकका धेरै नागरिक अझै गरिबी, बेरोजगारी र आधारभूत सेवाको अभावसँग संघर्ष गरिरहेको उल्लेख गर्दै राज्यका सीमित स्रोत–साधन शिक्षा, स्वास्थ्य, रोजगारी तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा परिचालन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकस्थित कोइराला निवासका लागि छुट्याइएको बजेट फिर्ता गरी जनहितका प्राथमिकतामा लगानी गर्नुपर्ने उनको आग्रह छ।

पत्रमा डा। कोइरालाले उक्त निवास आफ्ना पिता कृष्णप्रसाद कोइराला ले करिब एक सय वर्षअघि निर्माण गरेको उल्लेख गर्दै गत वर्षको जेनजी आन्दोलन का क्रममा भएको आगजनीबाट यसको ऐतिहासिक संरचना नष्ट भएको स्मरण गराएका छन्।

उनले कृष्णप्रसाद कोइरालाले शिक्षा र सामाजिक चेतनामार्फत परिवर्तनको अभियान शुरु गरेको तथा त्यसलाई वीपी कोइराला को नेतृत्वमा लोकतान्त्रिक आन्दोलनको राष्ट्रिय अभियानका रूपमा विस्तार गरिएको उल्लेख गरेका छन्।

कोइराला निवास केवल एउटा भवन नभई लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक प्रतीक भएको उनको भनाइ छ।

डा. कोइरालाले पत्रमा वीपी कोइरालाको योगदान स्मरण गर्दै उहाँले जीवनभर नेपाली जनताको गाँस, बास, कपास र लोकतान्त्रिक अधिकारका लागि संघर्ष गरेको उल्लेख गरेका छन्।

त्यसैले भवन पुनर्निर्माणभन्दा पनि उहाँले स्थापित गरेका लोकतान्त्रिक मूल्य, आदर्श र जनसेवाको भावनालाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको वास्तविक सम्मान हुने उनको निष्कर्ष छ।

Page Views: 43
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
ताजा अपडेट
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
  • बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • संघीय संसद् अन्तर्गत दुवै सदनकाे बैठक बस्दै
  • मुस्ताङमा भूकम्पकाे धक्का
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama