Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य

- शुभ बिहानी / शुक्रबार, साउन २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सर्लाही, धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको अभावले सर्लाहीका किसान गम्भीर समस्यामा परेका छन्।

धान रोप्न बाँकी रहेका किसानले डीएपी र रोपाइँ सकिएका खेतका लागि युरिया मल नपाउँदा खेतीपाती प्रभावित बनेको छ।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ मार्फत अनुदानको मल वितरण गरिरहेको भएपनि मागअनुसार आपूर्ति हुन नसक्दा किसानले बिहानैदेखि लाइन बस्नुपरेको छ।

धेरै स्थानमा घण्टौँ पालो कुरेर पनि किसान रित्तै घर फर्किन बाध्य भएका छन्।

कविलासी नगरपालिका–६, जमुनिया मा युरिया मल नपाएपछि आक्रोशित किसानले वडा कार्यालय नै घेराउ गरेका छन्।

वडाध्यक्ष पुरुषोत्तम राय का अनुसार वडामा १४८ बोरा मल मात्र उपलब्ध हुँदा सयौँ किसानको माग पूरा गर्न नसकिएको हो।

उनले सीमित परिमाणमा आएको मल आलोपालो वितरण गर्ने प्रयास गरिए पनि किसानबीच विवाद बढेपछि केही मलसमेत वितरण गर्न नसकी डिलरको गोदाममा सुरक्षित राखिएको जानकारी दिए।

यस्तै, ईश्वरपुर नगरपालिका–१२, घारीबथान स्थित महिला साना किसान कृषि सहकारी संस्थामा पनि मल लिन किसानको ठूलो भीड लागेको थियो।

स्थानीय किसान रामशरण खड्का का अनुसार केहीले आधा बोरा मल पाए पनि अधिकांश किसान खाली हात फर्किनुपरेको छ।

यस वर्ष पर्याप्त वर्षा भएपछि अधिकांश किसानले एकै समयमा धान रोपेपछि मलको माग एकैचोटि बढेको र त्यसअनुसार आपूर्ति हुन नसक्दा समस्या चर्किएको किसानहरूको भनाइ छ।

अनुदानको मल सहज रूपमा नपाएपछि किसान कालोबजारीबाट भारतीय मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्।

बागमती नगरपालिका–३, जिरायत का किसान सञ्जय महतो ले करिब एक हजार रुपैयाँ पर्ने एक बोरा मल दुई हजार पाँच सय रुपैयाँ तिरेर खरिद गर्नुपरेको गुनासो गरे।

उनले डेढ बिघा धान खेतीका लागि पाँच बोराभन्दा बढी मल आवश्यक भए पनि महँगो मूल्यमा किनेर खेती धान्नुपरेको बताए।

मल वितरणका क्रममा भीड नियन्त्रण गर्न कतिपय स्थानमा प्रहरी परिचालन गर्नुपर्ने अवस्था समेत सिर्जना भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, नवलपुर सर्लाहीका कार्यालय प्रमुख सरोज खनालले वीरगन्जबाट मल आउने क्रममा ढुवानी ढिलाइ भएकाले अस्थायी अभाव देखिएको बताए।

उनका अनुसार हाल प्राप्त भएको सबै मल डिलरमार्फत वितरण भइसकेको छ र एक–दुई दिनभित्र थप मल आइपुगेपछि नयाँ कोटा अनुसार वितरण सुरु गरिनेछ।

किसानहरूले भने धानबालीको संवेदनशील समयमा मल अभाव दोहोरिन नदिन सरकारले समयमै पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

Page Views: 78
संबन्धित शिर्षकहरु
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
ताजा अपडेट
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama