Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह

- शुभ बिहानी / शुक्रबार, साउन २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा पछिल्लो समय शासकीय अनुशासन कमजोर बन्दै गएको भन्दै वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले प्रधानमन्त्रीदेखि मन्त्री र सत्तापक्षका सांसदसम्मका गतिविधिले राज्य सञ्चालनमा अराजक प्रवृत्ति देखिएको आरोप लगाएका हुन्।

पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ को भेलालाई सम्बोधन गर्दै थापाले राज्यका जिम्मेवार पदाधिकारीबाट नै असंयमित अभिव्यक्ति र विवादास्पद गतिविधि भइरहेको दाबी गरे।

उनका अनुसार यस्ता घटनाले लोकतान्त्रिक शासन प्रणाली र संवैधानिक संस्थामाथिको विश्वास कमजोर बनाउने खतरा बढाएको छ।

थापाले सत्तारूढ दलका सांसदले कर्मचारीलाई सार्वजनिक रूपमा हप्काउने, मन्त्रीहरूले उत्तेजक अभिव्यक्ति दिने तथा राज्य सञ्चालनमा स्थापित प्रक्रिया र मर्यादाको पालना नगरेको आरोप लगाए।

उनले भने, “मैले यस्तो अवस्था पहिले कहिल्यै देखेको थिइनँ। अहिले देशमा शासकीय अराजकता देखिरहेको छु।

सांसद र मन्त्रीबाट धम्कीपूर्ण अभिव्यक्ति आउँछन्, प्रधानमन्त्रीले मन्त्रीबिनै बैठक बसाल्ने, अर्थमन्त्रीले गभर्नरबिनै बैठक गर्ने, प्रधानमन्त्रीको सचिवालयबाट दिनदहाडै मानिस उठाउने र अख्तियार प्रमुखमाथि दबाब सिर्जना गर्ने जस्ता गतिविधि लोकतान्त्रिक शासन प्रणालीसँग मेल खाँदैनन्।”

थापाले यस्ता गतिविधिलाई समयमै नियन्त्रण नगरे मुलुकको सुशासन र लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिए।

उनले यस्तो अवस्थाको अन्त्यका लागि नेपाली कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।

संविधान संशोधनको विषयमा बोल्दै थापाले सरकारले संविधानप्रति पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाए।

संविधान संशोधन आवश्यक भए पनि त्यसलाई राजनीतिक हल्कापनका साथ अघि बढाउन नहुने उनको भनाइ थियो।

उनले संविधान संशोधन राष्ट्रिय सहमति, व्यापक राजनीतिक संवाद र संवेदनशीलताको विषय भएको उल्लेख गर्दै यसलाई सामान्य राजनीतिक गतिविधि वा क्षणिक लोकप्रियताका लागि प्रयोग गर्न नहुने धारणा व्यक्त गरे।

थापाले रास्वपालाई लक्षित गर्दै संविधान संशोधनलाई सामान्य विषयका रूपमा नलिन आग्रह गरेको पनि बताए।

उनका अनुसार संविधानसँग सम्बन्धित कुनै पनि निर्णयले मुलुकको दीर्घकालीन राजनीतिक स्थायित्व र लोकतान्त्रिक भविष्यमा प्रभाव पार्ने भएकाले सबै दलले जिम्मेवार ढंगले प्रस्तुत हुन आवश्यक छ।

Page Views: 92
संबन्धित शिर्षकहरु
राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama