Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नागको पूजाअर्चना गरी नागपञ्चमी मनाइँदै

- शुभ बिहानी / सोमबार, भदौ ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नागपञ्चमी पर्व परम्परा अनुसार नागको श्रद्धापूर्वक पूजाअर्चना गरी मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा श्रद्धालुहरूले घरको मूलढोकामा विधिपूर्वक नागको चित्र वा फोटो टाँसेर पूजा गर्ने परम्परा रहेकाे छ ।

यस वर्ष जेठ महिनामा अधिकमास परेका कारण सौरमासको हिसाबले भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्बिर टाँस्नाले वर्षभरि नाग, सर्प, बिच्छी जस्ता घिस्रने जीवको भय नहुने र अग्नि, मेघ एवम् चट्याङबाट समेत जोगिने धार्मिक विश्वास रहेको छ ।

दिक कालदेखि नै नाग पूजा गर्न सुरु भएको र वैदिक मान्यता अनुसार नागलाई सर्पका राजा मानिने गरिन्छ । नाग रुष्ट भएमा जलको अभाव हुने भएकाले पानीको व्यवस्था सहज होस् भनी नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएकाले पनि यो दिन नागपूजाका लागि विशेष प्रसिद्ध रहेको मानिन्छ ।

प्रत्येक घरको जगमुनि नागको वास रहने धार्मिक मान्यता समेत रहेकाे पाइन्छ । यदि घरको जगमा रहेका नाग रिसाएर छाडेर गएमा घरको जग नै भत्कन्छ भन्ने विश्वासका कारण पनि यो परम्पराले निरन्तरता पएको हो । सनातन धर्ममा नागलाई भगवान् विष्णु र शिवकै रूप मान्ने गरिन्छ ।

भगवान् शिवले नागको माला धारण गर्ने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै देवलाई नागका रूपमा पूजिन्छ । प्रथम पूज्य भगवान् श्री गणेशको एक हातमा नाग रहेको छ । विष्णुका अवतार रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई शेषनागकै अवतार मानिन्छ ।

श्रीकृष्णले बाल्यकालमा कालीनागको दमन गरेको कथा पुराणहरूमा चर्चित रहेकाे छ भने विष्णुको नवौँ अवतार मानिने भगवान् बुद्धको मूर्तिको शिरमा पनि सर्पाकार मुकुट हुन्छ ।

मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ भने जैन तीर्थङ्करहरूको शिरमा पनि सर्पाकार मुकुट नै रहेकाे छ । धर्मशास्त्रमा पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको समेत उल्लेख गरिएकाे छ भने नागको पूजा हुने घरमा लक्ष्मीको स्थायी वास हुन्छ भन्ने सामाजिक मान्यता समेत रहेको छ ।

गुरु गोरखनाथले नौ नागको आसन बनाएर १२ वर्षसम्म तपस्या गर्दा नाग थिचिएर पानी पर्न छाडेको थियो। पछि गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएपछि गुरुको दर्शन गर्न गोरखनाथ उठे र नागहरू मुक्त भई वर्षा भएको कथा पनि शास्त्रमा पाइन्छ ।

संसारकै सबैभन्दा बहुमूल्य मानिने मणि नागले नै शिरमा धारण गर्छन् । नागलाई श्रीखण्डको सुगन्ध र सङ्गीत औधी मन पर्छ। गर्मीका कारण दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमीका दिन वर्षाको शीतलता पाएर बाहिर निस्कन्छन् भन्ने मान्यता रहेकाे छ ।

आजका दिन ब्राह्मण पुरोहितबाट यी नागको पूजा गराई घरको ढोकामाथि टाँस्ने गरिन्छ । नाग टाँसिएपछि खेतबारीमा खनजोत नगर्ने र नाग वा सर्प जस्ता जीवलाई मार्न नहुने मान्यता समेत रहकाे पाइन्छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागथानहरूमा श्रद्धालुको विशेष उपस्थिति रहन्छ। त्यहाँ नागको पूजा गर्दै गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिक दृष्टिले पनि प्रकृतिमा रहेका विषालु पदार्थलाई नाग र सर्प जस्ता जीवले शोषण गरी मानव तथा अन्य प्राणीलाई त्यसको असरबाट जोगाउने तथ्य अनुसन्धानले पुष्टि गरेको छ ।

यही कारण ऋषिमुनिहरूले नाग जातिको पूजा गर्ने संस्कृति बसालेको पाइन्छ भने नागपञ्चमीको आगमनसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूका चाडबाडको मौसम औपचारिक रूपमा सुरु हुन्छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न
आजकाे राशिफल कस्ताे छ ?
पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्व
ताजा अपडेट
  • जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न
  • आजकाे राशिफल कस्ताे छ ?
  • पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्व
  • म्यानपावर कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा श्रमिक नपठाउने
  • नागको पूजाअर्चना गरी नागपञ्चमी मनाइँदै
  • लघुवित्त पीडितसँग सरकारको सहमति, तत्काल रोकियो काठमाडौं केन्द्रित आन्दोलन
  • कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांकलाई, देउवाको निर्देशनमा अघि बढ्ने
  • भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ नेपाल आउँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama