Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

१५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद, इतर पक्ष सर्वोच्च जाने तयारीमा

- शुभ बिहानी / बुधबार, भदौ ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै पार्टीभित्रको विवाद थप चर्किएको छ।

संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाएपछि संस्थापन इतर समूहले उक्त प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।

तर, पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नभएको इतर समूहको तर्क छ।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले अदालतमा विचाराधीन विषयलाई एकतर्फी रूपमा अघि बढाउन नमिल्ने भन्दै महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा निवेदन दिइने बताए।

इतर पक्षले रमेश लेखकको संयोजकत्वमा रहेको कानून तथा विधान समितिमार्फत कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

यद्यपि सर्वोच्च अदालत जाने निश्चित मिति भने सार्वजनिक भइसकेको छैन।

यसअघि राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले साउन २६ गते निर्वाचन आयोग र पार्टीलाई पत्र पठाउँदै १५औँ महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित गतिविधि तत्काल रोक्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म दीर्घकालीन असर पर्ने राजनीतिक, सांगठनिक तथा नीतिगत निर्णय नगर्न पनि पत्रमार्फत आग्रह गरिएको थियो।

सर्वोच्च अदालतले साउन २१ गते कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनका लागि अनुमति दिएपछि विशेष महाधिवेशनसँग सम्बन्धित विषय पुनः सुनुवाइको प्रक्रियामा पुगेको छ।

यसबीच संस्थापन पक्षले भने महाधिवेशनको कार्यतालिका अघि बढाएको छ।

सार्वजनिक तालिकाअनुसार भदौ २४ गते वडा अधिवेशन, भदौ २७ गते गाउँ–नगर अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ।

त्यस्तै, असोज ७ गते जिल्ला अधिवेशन, असोज १९ गते प्रदेश अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

महाधिवेशनको प्रक्रिया अघि बढाउने संस्थापन पक्ष र त्यसलाई कानुनी रूपमा चुनौती दिने तयारीमा रहेको इतर समूहबीचको टकरावसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्ने देखिएको छ।

Page Views: 59
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama