Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै

- शुभ बिहानी / बिहिबार, भदौ ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौँडा, बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा सदस्य किरण थापा मगरलाई बिहीबार अपराह्न बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेको जनाएको छ।

८८नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा थापा मगर मुख्यमन्त्री बन्न लागेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको हो।

तीन दलको समर्थनसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस भएपछि प्रदेश प्रमुखको कार्यालयले नियुक्ति र शपथ ग्रहणको समयसमेत तय गरेको छ।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिअनुसार थापा मगरलाई बिहीबार अपराह्न ४ः०५ बजे मुख्यमन्त्री पदमा नियुक्त गरिनेछ।

नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम अपराह्न ४ः२० बजे हुने तय गरिएको छ।

यसअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुखको आह्वानअनुसार एमाले, नेकपा र राप्रपाले किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थनसहितको दाबी पेस गरेका हुन्।

यसअघि बागमती प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थापा मगर अब प्रदेश सरकारको नेतृत्व गर्ने भएका छन्।

उनको नियुक्तिसँगै बिहीबार नै नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया पनि अघि बढ्ने जनाइएको छ।

तीन दलको समर्थनमा बन्न लागेको नयाँ सरकारसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक अध्याय शुरु भएको छ।

Page Views: 8
संबन्धित शिर्षकहरु
सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित
ताजा अपडेट
  • सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
  • एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै
  • नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित
  • सुनचाँदीको मूल्य बढ्याे
  • झापामा साउन महिनामा २५ विपद्का घटनामा ३४ लाख बढिकाे क्षति
  • विश्व लामखुट्टे दिवस मनाइँदै
  • विभिन्न सर्तसहित बढाइएको तलब भत्ता उपलब्ध गराइने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama