पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले भेट गरेका छन् । ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएका अध्यक्ष राणाले पूर्वराजा शाहसँग भेटे गरेका हुन् ।
पूर्वराजा शाहसँग राणाले भेटे गरेकाे आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले तस्बिरसमेत सार्वजनिक गरेका छन् । भेटमा भएको छलफलबारे भने उनले केही नखुलाएका उनले दुई साता अगाडि मात्रै नयाँ पार्टी दर्ता गरेका थिए ।
त्यसअघि राप्रपाका पूर्वमहामन्त्री समेत रहेकाे राणाले जय नेपाल पार्टी खाेलेर हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका छन् ।
उनले आफ्नो पार्टीको मुख्य अजेन्डा नै राजसंथा पूनः स्थापनाको रहेको बताएका छन् ।