Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

- शुभ बिहानी / मङ्गलबार, भदौ ३०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजदेखि हिमाली जिल्ला मुस्ताङकाे ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलनमा सहभागी हुन देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि हिजै मुस्ताङ आइपुगिसकेका छन् ।

सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन गाउँपालिकाका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा स्थानीय संघसंस्थाहरू परिचालन गरिएको छ ।

सम्मेलनमा उपस्थति हुने सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि तथा अतिथिहरूका लागि स्थानीय होटलहरूमा बस्ने प्रबन्ध मिलाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिएका छन् ।

सम्मेलनमा सहभागीहरूका लागि बिहानको खाजा र दिउँसोको खाना सम्मेलनस्थलमै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ भने बेलुकीको खाना र बसाइ तोकिएका होटलहरूमा मिलाइएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी गराएकाी छन् ।

सम्मेलनका अवसरमा मुस्ताङका सडक र बस्तीहरूलाई मौलिक कला, संस्कृति तथा ध्वजापतङ्गाले सजाइएको छ । भित्री तथा मुख्य सडकहरूमा सडक बत्ती जडान गरी झिलीमिली पारिनुका साथै स्वास्थ्यकर्मी, खानेपानी, इन्टरनेट, विद्युत्, सवारी पार्किङ र ट्राफिक व्यवस्थापनलाई समेत चुस्त बनाइएको बताइएकाे छ ।

जोमसोमस्थित कभर्डहलमा आयोजना हुने सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे जनचेतना फैलाउन २८ फिट उचाइको ‘रोइरहेको पृथ्वी’ को बेलुन आकृति राखिएको छ ।

त्यस्तै मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रचारप्रसारका लागि ५० भन्दा बढी स्टलहरू राखिएको कृषि शाखा अधिकृत रोशन थकालीले बताए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलन जलवायु परिवर्तनको असरसम्बन्धी विशेष घोषणापत्र जारी गर्दै सकिनेछ ।

Page Views: 4
संबन्धित शिर्षकहरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama