काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार अपराह्न बस्ने तय भएको हो । बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद् बैठकका एजेन्डा भने औपचारिक रूपमा सार्वजनिक भइसकेका छैनन् । बैठकपछि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिने बताइएको छ ।