आज बिहान पाेखरामा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हाे ।
पाेखराकाे सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उक्त बसमा करिब २१ जना विद्यार्थी सवार रहेका थिए ।
घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरू गरेको छ भने उद्धार गरिएका ५ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी रहेकाे छ ।