भारत भ्रमणमा रहेकाे गृहमन्त्री सुदन गुरुङले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता भएकाे हाे ।
उक्त भेटवार्ताबारे सञ्जालमार्फत जानकारी दिँदै शाहले नेपालका गृहमन्त्रीसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् । भेटका क्रममा दुई पक्षबीच आपसी द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
त्यसैगरि शाहले यस क्षेत्रको शान्ति, प्रगति र समृद्धिका लागि नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विषयमा छलफल भएको कुरा समेत सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।