प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नि सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगन्जमा आज बिहान उनको शल्यक्रिया सम्पन्न भएको हो ।
सविनाकाे स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई उपचारका लागि टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको थियाे ।
चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य रहेको बताइएकाे छ । शल्यक्रियाको समयमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं अस्पतालमा उपस्थित रहेका थिए ।