Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मौसम क्रमिक रूपमा सुधार हुँदै जाने

- शुभ बिहानी / आइतबार, कार्तिक १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

केहि दिनदेखि देशकाे विभिन्न भागमा देखिएकाे अर्नब चक्रवातको प्रभाव क्रमिक रूपमा सुधार हुँदै गएकाे छ । जसका कारण विभिन्न भागमा परेकाे वर्षा र हिमपात राेकिाएर मौसम क्रमिक रूपमा सुधार हुँदैछ ।

अहिले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

अहिले लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै बाँकी भागमा आंशिक बादल लागेको छ । त्यसैगरि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ । त्यस्तै आज राति देशभर आंशिक बादल लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ ।

त्यसैगरि तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने पनि महाशाखाले जनाएकाे छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
रास्वपाकाे स्थानीय तहका लागि उम्मेदवारी आवेदन खुला
सुनचाँदीको मूल्य घट्याे
अम्बे स्टील उद्योगमा आगलागी, आधा दर्जन बढि घाइतै
ताजा अपडेट
  • रास्वपाकाे स्थानीय तहका लागि उम्मेदवारी आवेदन खुला
  • सुनचाँदीको मूल्य घट्याे
  • अम्बे स्टील उद्योगमा आगलागी, आधा दर्जन बढि घाइतै
  • मौसम क्रमिक रूपमा सुधार हुँदै जाने
  • आठ दिन विद्युत् आपूर्ति बन्द हुने
  • स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि थप
  • एनपीएल क्रिकेटमा आज कुनै खेल नहुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama