Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायल र लेवनानको हिजबुल्लाहबीच भीषण लडाइँ

- shuvadmin / सोमबार, भदौ १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी भीषण आक्रमणका बीच त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक हालसम्म सुरक्षित छन् ।

इजरायल र हिजबुल्लाहबीचको रकेट, ड्रोन र मिसाइल हानाहानपछि उत्पन्न तनावपूर्ण परिस्थितिमा पनि नेपाली शान्ति सेना तैनाथ इलाका सामान्य अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।

लेबनानमा तैनाथ ‘युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ (युनिफिल) अन्तर्गत ९,५३२ जना शान्ति सैनिकहरूमा करीब ८५० जना नेपाली सैनिक छन् ।

उनीहरूको मुख्य गण हेडक्वार्टर मेइसेज जाबलमा छ, जहाँबाट अरु ६ स्थानमा शान्ति सैनिक युनिट परिचालन गरिएको छ ।

हिजबुल्लाहले बेरुतमा आफ्नो कमाण्डरको हत्या पछि इजरायलविरुद्ध आक्रामक आक्रमण सुरु गरेको हो ।

आइतबारमात्र हिजबुल्लाहले उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरेको थियो ।

प्रत्याक्रमणस्वरूप इजरायलले जेट विमानद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाहको अखडामा निशाना साँधिरहेको छ ।

त्यहाँ परिचालित नेपाली सेनाहरु सुरक्षित छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले हिजबुल्लाह र इजरायलबीचको आक्रमणबारे जानकारी पाएपछि नेपाली मिसनसँग नियमित सम्पर्क भइरहेको बताए ।

उनले भने, ‘हालसम्मको अवस्था हेर्दा गण हेडक्वार्टर तथा मातहत इलाकाको अवस्था जोखिममुक्त देखिन्छ ।’

यद्यपि, स्थिति गम्भीर बन्ने सम्भावनालाई ध्यानमा राख्दै युनिफिल मिसन हेडक्वार्टरले उच्च सतर्कता अपनाउन आदेश दिएको छ ।

लेबनानमा सन् १९५८ देखि नेपाली शान्ति सेना खटिँदै आएको छ ।

Page Views: 44
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama