Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्रीले गरे भद्रकालीमा निर्मित काठमाडौं प्रहरी परिसरको नयाँ भवन उद्घाटन

- shuvadmin / सोमबार, भदौ १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् ।

सोमबार बिहान आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरे ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

कार्यक्रममा बोल्दै गृह सचिव एकनारायण अर्यालले भने, ‘भूकम्पपछि प्रहरी वर्षौंसम्म गुणस्तरीय पूर्वाधारको अभावमा रहेर काम गरिरहनु परेको थियो, अब उप्रान्त नयाँ भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राही बढी लाभान्वित हुनेछन् ।’ यसले प्रहरीमा उत्प्रेरणा र मनोबल पनि बढाउने उनले बताए ।

लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।

भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।

तर, सोमबार मात्र औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन् ।

Page Views: 64
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama