Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल भ्रमणका लागि आइपुगे ओमानका विदेशमन्त्री

- shuvadmin / मङ्गलबार, भदौ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमवार अपराह्न काठमाण्डू आएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छिन् ।

विदेशमन्त्री अल्बुसैदी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । उनी यही भदौ १० र ११ गते नेपालमा रहनेछन् ।

भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् ।

उनी भदौ ११ गते काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।

Page Views: 50
संबन्धित शिर्षकहरु
ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama