Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गुजरातमा बाढीले विनाश, २८ जनाको मृत्यु, हजारौँ घरबारविहीन

- shuvadmin / बिहिबार, भदौ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतीय राज्य गुजरातमा अविरल वर्षाका कारण धेरै क्षेत्र जलमग्न र बाढीमय भएका छन्।

वीवीसी हिन्दीका अनुसार सौराष्ट्र र मध्य गुजरातमा धेरै गाउँ तथा सहर डुबानमा परेका छन्।

बाढीबाट वडोदरा सहर सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ धेरै ठाउँमा पानी जमेको छ, अवस्था नाजुक छ।

प्रदेश सरकारले बुधबार राहत र उद्धारका लागि सेना बोलाएको जनाएको छ।

स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता रुषिकेश पटेलले केही क्षेत्रमा १० देखि १२ फिटसम्म पानी जमेको बताएका छन्।

हिन्दूस्तान टाइम्सका अनुसार गुजरातमा भारी वर्षा र बाढीका कारण २८ जनाको ज्यान गइसकेको छ भने झन्डै ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनभित्र १६ जनाको मृत्यु भएको छ।

गुजरातको सौराष्ट्रमा विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ।

अविरल वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ।

Page Views: 55
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama