Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि सागर पाण्डे नेतृत्वको प्यानल घोषणा

- shuvadmin / शुक्रबार, भदौ १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को भदौ १७ गते सोमवार नयाँ नेतृत्वका लागि हुने निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको प्यानल घोषण भएको छ ।

आगामी दुईवर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको अध्यक्षमा पाण्डेसहित १७ जना उम्मेदवारहरूको प्यानल पत्रकार सम्मेलन मार्फत सार्वपनिक भएको हो ।

पाण्डे समूहले बिहीवार ठमेलको यात्री होटलमा पत्रकारको आयोजना गरेर आफ्ना एजेन्डाहरू सार्वजनिक गरेको हो ।

अध्यक्ष पदका प्रत्यासी पाण्डेले आफ्नो समूह समाबेशी र क्षेत्रीय सन्तुलन मिलेको जुझारु र व्यवसायिक रहेको जिकिर गरेका छन् ।

उनले राजनीतिक भागबण्डाले चुनिंदै आएको नेतृत्व भन्दा काम गर्न सक्ने ब्यावसायीले बनाएको टिम बलियो र काम गर्न सक्ने भएको दावी गरे ।

आफूहरूले सार्वजनिक गरेको २२ बुँदे घोषणापत्र कसैले लेखिपठाएको वा घोकेर नआएको भन्दै उनले ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा तयार पारेको उनको भनाइ थियो ।

पाण्डे समूहले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिक रूपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समयसापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने पनि योजना बनाएको छ ।

अध्यक्ष पदका प्रत्यासी पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेशामा आबद्ध रहेकाले ट्रेकर्सहरूको समस्या र समाधानबारे स्पष्ट रहेको दावी गरेका छन् ।

ट्रेकिङ व्यवसायीहरूका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने पाण्डे समूहले सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख छ ।

पाण्डे समूहले करसम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने पनि घोषणापत्रमा समेटेको छ ।

टान निर्वाचन : २२ बुँदे घोषणापत्रसहित पाण्डे समूह उत्रियो चुनावी मैदान, यस्ता छन् एजेन्डा

पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्वितीय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा डम्बर अधिकारी उम्मेदवार रहेका छन् ।

यसै गरी सदस्यहरूमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद शिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी ९भोटे० उम्मेदवार रहेका छन् ।

पाण्डे समूहले आफनो टीमलाई नेपाली कांग्रेसको संस्थापनइतर समूह, नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , नेकपा (एकीकृत समाजवादी) सहित स्वतन्त्र व्यवसायीहरूको समर्थन बताउँदै आएको छ ।

अध्यक्षका अर्का राजेन्द्रप्रसाद सापकोटा उम्मेदवार रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी रहेका छन् ।

यसैगरी सचिवमा रिन्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले, सहकोषाध्यक्षमा लाक्पा रिन्जी शेर्पाको उम्मेदवारी रहेको छ ।

सदस्यहरूमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सिना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का दावा लामा रहेका छन् ।

यो समूहलाई कांग्रेसको संस्थापन पक्ष र एमालेको समर्थन रहेको बताइएको छ ।

देशभर २४ सयभन्दा बढी ट्रेकिङ कम्पनीहरू दर्ता भई सञ्चालनमा छन् । कम्पनी दर्ता गरी टान निर्वाचनमा मतदान गर्नयोग्य मतदाताहरूको सङ्ख्या १ हजार ४ सय ३८ छन् ।

Page Views: 57
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama