Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ पैसा नतिरेपछि छपाइ बन्द

- shuvadmin / बुधबार, भदौ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ‘स्मार्ट लाइसेन्स’ भनेर चिनाइएको सवारीचालक अनुमतिपत्र छपाइ बन्द भएको २४ दिन भयो ।

यातायात व्यवस्था विभागले लाइसेन्स छाप्ने मेसिनले कार्ड चिन्न नसक्ने गरी ‘पर्सनलाइजेसन’ र सफ्टवेयरमा समस्या भएपछि नियमिततर्फको छपाइ बन्द भएको बताएको छ ।

साथै विभागले संविधान अनुसार लाइसेन्स छपाइको काम प्रदेश सरकारको भएकाले नछाप्ने भन्दै जिम्मेवारी प्रदेशतिर सोझ्याएको पनि छ । तर, छपाइ बन्द हुनुको वास्तविकता भने प्राविधिक नभएर आर्थिक रहेको छ ।

सम्झौता अनुसार मेसिनले रिड गर्ने कार्ड उपलब्ध नगराउँदा र मेसिन बिक्री गरेको भारतको मद्रास सेक्युरिटी प्रेस ९एमएसपी० लाई विभागले बाँकी रकम भुक्तानी नदिँदा छाप्ने काम रोकिएको हो ।

नियमिततर्फको रोकिनु र आकस्मिक भने छपाइ हुनुले पनि यो कुरा पुष्टि गर्छ । नियमिततर्फको छपाइ २४ दिनदेखि बन्द छ ।

दुई वर्षदेखि एमएसपीलाई तीन करोड रुपियाँ भुक्तानी भएको छैन । त्यसैका कारण छपाइ रोकिएको हो ।

पुरानो कारोबार भएको र कम्पनीको नाममा बेरुजु पनि भएकाले भुक्तानीमा समस्या भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, “मेसिनले छाप्न नमिल्ने कुरा त होइन तर केही भुक्तानी बाँकी रहेछ । यो पहिलाकै कारोबार हो । भुक्तानी प्रक्रिया पु¥याएर काम गर्नुपर्ने अवस्था छ ।”

विभागले २०७५ सालमा ग्लोबल टेन्डर गरेर १० लाखप्रति कार्ड र मेसिन खरिद गरेको थियो ।

उक्त टेन्डर भारतको एमएसपीले पाएको थियो । यसको १० लाख कार्ड छापियो । एक वर्षपछि १९ लाख कार्ड खरिदको टेन्डर भयो ।

उक्त कार्ड ल्याउने टेन्डर फ्रान्सको सेल्फ कम्पनीले पायो । सेल्फ कम्पनीको कार्ड भारतको एमएसपीको मेसिनले नछाप्ने भन्यो । तर, सरकारले अनुरोध गरेपछि एमएसपीले उक्त कार्ड छापेको थियो ।

हाल अत्यावश्यक लाइसेन्स छाप्दै आएको विभागसँग १९ लाखमध्ये मेसिनले छाप्न सक्ने कार्ड अब छ हजारप्रति मात्र छ ।

दैनिक तीन सयप्रति अत्यावश्यक लाइसेन्स छापिरहेको छ । उक्त कार्ड अब एक महिनालाई पनि पुग्दैन्।

२०७९ सालमा जर्मनीको मुलभर कम्पनीबाट १२ लाखप्रति कार्ड ल्याइयो । छरछ लाख गरी दुई किस्तामा ल्याइएको थियो ।

जर्मनीको कार्ड पनि एमएसपीको मेसिनले नछाप्ने भनेको थियो । ‘पर्सनलाइजेसन’ मा समस्या देखाएको थियो ।

तर, सरकारले विशेष अनुरोध गरेपछि छापेको थियो । १२ लाखमध्ये दुई लाख कार्ड छापिएको छ ।

मुलभर कम्पनीको कार्ड एमएसपीको मेसिनले छाप्न मिल्ने गरी ल्याउने सम्झौता भए पनि कम्पनीले सम्झौता अनुसारको कार्ड नदिएको विभागले जनाएको छ ।

मेसिनले रिड गर्ने गरी कार्ड नल्याइदिने र भुक्तानी पनि नपाएपछि एमएसपीले प्राविधिक कारण देखाएर छपाइ बन्द गरेको विभागकै एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

जसलाई महानिर्देशकको भनाइ ‘केही भुक्तानी बाँकी रहेछ’ ले पनि पुष्टि गरेको छ ।

भुक्तानी पाएको भए १२ लाख कार्डमध्येको दुई लाख कार्ड छापेको मेसिनले अरू कार्ड पनि छाप्न सक्ने विभागको दाबी छ ।

स्मार्ट लाइसेन्स सुरु हुनासाथ विभागले १० लाखप्रति कार्ड खरिद गरेको थियो ।

पटक पटक गरी हालसम्म करिब ५५ लाखप्रति कार्ड खरिद गरेको छ । करिब १० करोेड रुपियाँको मासप्रिन्टर लगानी भएको छ ।

विभागसँग एउटा मात्र मासप्रिन्टर छ । सुरुमा डेक्सटप प्रिन्टरबाटै काम चलाएको थियो । थप एउटा मासप्रिन्टर खरिदका लागि फाइल अघि बढाइए पनि प्रक्रिया अघि बढेको छैन ।

Page Views: 72
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama