Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री उपस्थित नहुने भएपछि स्थगित भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह

- shuvadmin / आइतबार, भदौ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुर्खेत, आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ ।

सम्पूर्ण तयारीका बाबजुद मध्यराति उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री केपी ओली उपस्थित नहुने भएपछिसमारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए ।

दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको हो । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने थिए ।

कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो ।

तर, एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको रावलले रातोपाटीलाई जानकारी दिए ।

‘आँखाको कार्यहरू त हुन्छ, दीक्षान्त समारोह र सभा तथा शैक्षिक भवन उद्घाटनको काम रोकियो,’उनले भने, ‘प्रधानमन्त्री नआउने भएपछि स्वास्थ्यमन्त्री पनि आउनुहुन्न ।’

यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासि नआउने निर्णय गरेपछि जुम्ला पुगेका पाहुनाहरू भने निराश बनेका छन् ।

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । ती विद्यार्थीहरू जुम्ला पुगिसकेका थिए ।

Page Views: 63
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama