जाजरकोट, जिल्लाको बारेकोट गाउँपालिका -६ धुमामा पहिरोले घर पुर्दा हराएका वडा सदस्य र उनका श्रीमान्को शव निकालिएको छ ।
शनिबार राति आएको पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका -६ की महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर समेत पुरिएका थिए ।
गाउँपालिका अध्यक्ष वीरबहादुर गिरिका अनुसार दुवैको शव आइतबार बिहान निकालिएको हो ।
यस्तै पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ पठाइएको छ ।
उनको अहिले उपचार भइरहेको छ ।