Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सामान्य अंकले घट्यो नेप्से, ५.६० अंकले घटेर २ हजार ६२८.२६ विन्दूमा सीमित

- shuvadmin / बुधबार, पुष ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ५.६० अंकले घटेर २ हजार ६२८.२६ विन्दूमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४५०.१२ विन्दूमा झरेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो ।

आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज १.०७ प्रतिशतले बढेर ३ हजार १७६.७९ विन्दूमा पुग्यो ।

लघुवित्त समूह पनि आज ०.०९ प्रतिशत र व्यापार समूह ०.५० प्रतिशतले बढ्यो ।

आज होटल समूह सर्वाधिक घट्यो । यो समूह आज ०.४२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३६ प्रतिशत, विकास बैंक ०.१६, हाईड्रो ०.३६,लगानी ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.३२,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा ०.१४ र अन्य समूह ०.३७ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ५९ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिभर फल्स पावरको १२ करोड ६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख र सिक्लेस हाईड्रोको ८ करोड ९ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त र सपोर्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।

यस्तै मानुषी लघुवित्तको सेयरमूल्य ८.२३ प्रतिशत,सिक्लेस हाईड्रोको ८.११ र चिरख्वा हाईड्रोको सेयरमूल्ण्य ७.६५ प्रतिशतले बढ्यो ।

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९० प्रतिशतले घट्यो ।

दोल्ती पावरको सेयरमूल्य पनि आज ५.३३ प्रतिशत,छ्याङदी हाईड्रोपावरको सेयरमूल्य ४ प्रतिशतले ओरालो लाग्यो ।

Page Views: 59
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama