Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किन बढिरहेको छ सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण ? कुनको अवस्था कस्तो ?

- shuvadmin / शनिबार, पुष ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार सिमेन्ट कम्पनी सूचीकृत छन् ।

उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी चार सिमेन्ट कम्पनी रहेका छन् ।

धितोपत्र दोस्रो बजारमा यी चार सिमेन्ट कम्पनी निकै चर्चामा छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आइपीओ जारी गरेका कारण पनि सिमेन्ट कम्पनीका सेयर दोस्रो बजारमा चर्चामा आउने गर्छ ।

बजारमा लगानीकर्तामाझ उक्त कम्पनीहरुको आकर्षण रहेपनि वित्तीय अवस्था भने खासै सन्तोषजनक देखिएको छैन् ।

दोस्रो बजारमा वित्तीय रुपमा जुन कमजोर कम्पनी सो कम्पनीकै सेयरभाउ महँगो जस्तो देखिन्छ ।

अहिले सिमेन्ट कम्पनीहरुको अवस्था पनि यस्तै देखिएको छ । चारमध्ये शिवम् बाहेक सबै कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म घाटा ब्यहोरेका छन् ।

पछिल्लो समय दोस्रो बजारमा वित्तीय विवरण वा आधारभुत पक्ष हेरेर भन्दा पनि चर्चाको आधारमा सेयर किनबेच हुने गरेको छ ।

चलखेलको आधारमा आधारमा सिँगो सेयरबजार निर्धारण हुने गरेको पाइन्छ । बजारमा जुन कम्पनी बढी चर्चामा छ त्यही कम्पनीमा झुम्मिने प्रवृत्तिले सोझासाझा लगानीकर्ता बढी डुबेका छन् ।

वित्तीय अवस्था खराब भएका कम्पनीको सेयर चलखेल गरेर उचाल्ने वा कर्नरिङ गर्ने प्रवृत्ति बजारमा हाबी छ ।

यसले बजारप्रतिको स्वस्थता विस्तारै हराउँदै जाने सम्भावना बढी देखिन्छ ।

घाटा ब्यहोरेर इपीएस समेत ऋणात्मक रहेका सिमेन्ट कम्पनीकै सेयरभाउ सर्वाधिक महँगो देखिएको छ ।

सर्वोत्तम सिमेन्टले पहिलो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ तर सोही कम्पनीकै सेयरभाउ बजारमा ७ सय भन्दा महँगो छ ।

पछिल्लो समय दोस्रो बजारमा सिमेन्ट कम्पनीतर्फ लगानीकर्ताको चार्म हराएको जस्तो देखिएको छ ।

केही समयअघि सर्वाधिक कारोबारको टप १० सूचीमा शिवम् सिमेन्ट्स वा सोनापुर मिनरल्स कम्पनी पर्ने गर्थे ।

निर्माण कार्यहरु धमाधम थालनी भएपनि सिमेन्ट कम्पनीहरुको व्यवसाय भने फस्टाउन सकेको छैन् ।

व्यवसाय बृद्धि नभएपछि सिमेन्ट कम्पनीहरुको नाफा प्रभावित बन्न पुगेको पहिलो त्रैमासिक रिर्पोटले देखाएको छ ।

पहिलो त्रैमाससम्म उत्पादनमार्फत सर्वाधिक आम्दानी गर्नेमा सर्वोत्तम सिमेन्ट रहेको छ ।

कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ । तर उल्लेख्य आम्दानी गरेपनि कम्पनीले २ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

चारमध्ये तीनवटा कम्पनीले घाटा ब्यहोर्दा शिवम् सिमेन्टलेल भने १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

घोराहीले ५१ करोड ३७ लाख रुपैयाँ र सोनापुर मिनरल्सले ८ करोड ५५ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

नाफा प्रभावित देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस० पनि शिवम् बाहेक सबैको ऋणात्मक अवस्थामा छ ।

शिवम्सको इपीएस १.०२ रुपैयाँ छ भने सर्वोत्तमको १.९४ रुपैयाँ, घोराहीको ११.२५ रुपैयाँ र सोनापुर मिनरल्सको ११.१३ रुपैयाँ ऋणात्मक छ ।

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको ईपीएस कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।

यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

पहिलो त्रैमाससम्म नेटवर्थ पनि सर्वोत्तम सिमेन्टकै धेरै छ । कम्पनीको नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ ।

प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ ।

नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama