Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल क्रिकेट संघको लापरबाहीले एनपीएल सकिएको तीन दिनसम्म पनि हटेन फोहोरको डङ्गुर

- shuvadmin / मङ्गलबार, पुष ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल क्रिकेट संघले (क्यानले) आयोजना गरेको पहिलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको आज ३ दिन भयो ।

त्रिवि खेलमैदानमा फोहोेरको डङ्गुर थुप्रिएको छ। झन्डै एक अर्ब बढी व्यापार गर्न सफल सो प्रतियोगितामा क्यानले त्रिभुवन विश्वविद्यालयलाई कुनै आर्थिक सहयोग गरेको छैन। उल्टै खेलमैदान र वरपर फोहोर छाडेर गएको छ।

फोहोरका कारण त्रिवि क्षेत्र दुर्गन्धित हुन थालेको छ । २२ दिनसम्म आयोजना गरेको प्रतियोगिताको हरेक दिन सफा गर्ने गरेको क्यानको दावी छ

। तर, त्रिविले भने सामान्य सफाबाहेक जताततै फोहोर नै फोहोर देखिएको जनाएको छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक पशुपति अधिकारीले क्रिकेटको क्रेजले विश्वभर चर्चा बटुल्न सफल भए पनि त्रिविको अवस्था दयनीय देखियो।

यतिका दिनसम्म बाटोमै फोहोर थुप्रिएको छ। चौर हेरिनसक्नु छ। यहाँसम्म कि मञ्चमा भएको कुर्सीसमेत उठाएको छैन्।

दशौं हजार खेलप्रेमीले त्रिवि मैदान भरिभराउ भयो। नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सकेकोमा क्यानको वाहवाही भयो ।

तर, खेलमैदानलगायत परिसरको अवस्थाको बारेमा क्यानले कुनै ध्यान दिन सकेन्।

त्रिवि केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझाले यस्तो अवस्था भइरहे अब कहिल्यै पनि त्रिवि क्रिकेट मैदानमा खेल्न हुन नदिने चेतावनी दिए ।

उनले भने – ‘एक त विद्यार्थीको पढाइ बर्बाद अर्कोतर्फ फोहोरको कारण क्रिकेट मैदानको बाटो हिँड्नै समस्या।’

क्यानलाई चेतावनी दिँदै उनले भने – ‘अब कहिल्यै पनि त्रिवि खेलमैदानमा खेल हुन दिँदैनौं।’

फोहोर गर्ने निकायले एक अर्ब बढी कमाउँदा पनि त्रिविलाई बेवास्ता गरेको उहाँको आरोप थियो।

उनले थपे – ‘त्रिविले वा स्ववियुले पैसा दिनुपर्‍यो भनेर मागेको होइन, हाम्रो सम्पत्ति प्रयोग गर्दा अर्थात् क्रिकेट खेलाउँदा फोहोर भएका संरचनाहरू सफा गर्नुस् मात्र भनेका हौं।’ ‘

क्यानले बेवास्ता गर्‍यो, आज मंगलबारबाट स्ववियु आफैंले फोहोर उठाउने तयारी गरेका छौं’ –उनको भनाइ थियो।

खेलका कारण त्रिविको पढाइमा गम्भीर असर परेको आरोप लगाउँदै सभापति ओझाले भने – ‘अब त्रिविमा खेल गर्न दिँदैनौं, सरकारले अन्तै व्यवस्था गरोस्।’

यसअघि सोही मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भएका थिए। त्यस बेला यतिको फोहोर देखिँदैनथ्यो।

क्यानका प्रवक्ता छुम्बी लामाले मैदान र वरपर फोहोर भएको विषयमा क्यान गम्भीर भएको बताए ।

उनले भने– ‘हामीले प्रत्येक खेल सकिनासाथ सधैं सरसफाइ गरेका थियौं। विविध कारणले फाइनलमा तत्काल सफा गर्न सकेनौं ।

फाइनल खेल सकिनासाथ कोही थकान भए, कोही अति व्यस्त रहे आजबाट अलि फुर्सद भएको छ।

क्रिकेट मैदान र त्यसको वरिपरि पूर्ण रूपमा सरसफाइ गर्नेछौं।’ उनले एक साताभित्र फोहोर भएका सबै क्षेत्रमा पूर्ण सफा गरिसक्ने स्पष्ट पारे ।

क्रिकेट मैदाननजिकै विद्यार्थीको छात्रावास र प्राध्यापकहरूको निवास छ। फोहोरका कारण त्यस क्षेत्रमा बस्न सक्ने अवस्था छैन्।

यति ठूलो प्रतियोगितामा शौचालय थिएन। हजारौं दर्शकले खुला ठाउँमा गरेको शौचको दुर्गन्ध छात्रावास र निवाससम्म पुगेको थियो।

स्ववियु सभापति ओझाले यस्तो अवस्था हुँदा पनि क्यानले पूरै बेवास्ता गरिरहेको आरोप लगाएका छन् ।

प्रतियोगिता चलिरहेको समयमै त्रिविसभा सदस्यले क्रिकेट मैदानको कारण पढाइमा समस्या भएको बताएका थिए।

अस्ति सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै त्रिवि सभा सदस्य एवं त्रिवि प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक वसन्त ढकालले क्रिकेट प्रतियोगिताले पढाइमा गम्भीर असर पारेको बताए ।

फरक प्रसंगमा उनले भने– ‘खेल सकिएपछि मैदान र वरिपरि सफा गर्नुपर्दैन ? फोहोरले गर्दा त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन् ।’

उनले क्यानलाई सो क्षेत्रको फोहोर तत्काल व्यवस्थापन गर्न आग्रह गरे ।

Page Views: 73
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama