Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राजनीति छाडेर कृषि कर्ममा अब्बल तनहुँको म्याग्दे गाउँपालिका –२ जामुनेका श्रेष्ठ दम्पती

- shuvadmin / शुक्रबार, पुष १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका –२ जामुने निवासी सुकनारायण श्रेष्ठ राजनीति छोडेर कृषि पेशामा रमाइ रहेका छन् ।

किसान श्रेष्ठ कृषि पेशाबाट नाम र दाम दुवै कमाएका छन् । उनले सुन्तला बेचेर वार्षिक ७० लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् ।

श्रेष्ठले म्याग्दे गाउँपालिका –२ उमाचोकमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । २०५४ सालमा भएको निर्वाचनमा साविक जामुने गाविसको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ हाल कृषि पेशामा सन्तुष्ट छन् ।

राजनीति चटक्क छाडेर कृषि पेसामा लाग्नु भएका श्रेष्ठले सुन्तला खेतीबाट नाम र दाम दुवै कमाएका छन् ।

श्रेष्ठको सुन्तला बगैँचा ३६ रोपनी क्षेत्रफलमा फैलिएको छ । एक हजार सुन्तलाका बोट रहेको यस वर्ष ४० लाखको सुन्तला ठेकेदारले बगैंचाबाट किनेर लगेको श्रेष्ठले जानकारी दिए ।

गत वर्ष ७० लाखको बिक्री गरेकोमा यस वर्ष सुन्तला उत्पादन घटेकाले आम्दानी कम भएको उनले बताए ।

यस वर्ष सुन्तलाले पूmल खेल्ने बेलामा खडेरी धेरै भएकाले कम फलेको श्रेष्ठको भनाइ छ । श्रेष्ठले गत वर्ष ७० लाखको सुन्तला बगैँचाबाट बिक्री भएको तर यस वर्ष उत्पादन घट्दा कम आम्दानी भएको जानकारी दिए ।

व्यावसायिक रुपमा सुन्तलाको बोट हुर्काएर कृषक श्रेष्ठ लखपति बन्न सफल भएका छन् । कृषक श्रेष्ठलाई सुन्तलाबोट सुन फल्ने बोटजस्तै भएको छ ।

केही वर्ष पहिलेसम्म आफन्तलाई कोशेली पाको पारेर पठाउन र आपूmले खाएर ठिक्क हुने कृषक श्रेष्ठलाई सुनजस्तै भएको छ ।

बोटमा सुन्तला हैन, सुन फलेजस्तो लाग्छ श्रेष्ठका लागि । कृषक श्रेष्ठले भने, ‘पहिला सौखिनका लागि पालिएको सुन्तला हाल सुन सरी भएको छ’ राजनीतिमा निस्क्रिय बन्दै गएका श्रेष्ठ सुन्तला खेतीबाट नाम पनि दाम पनि मिल्न थालेपछि त्यसमै रमाउँदै आएका छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ श्रेष्ठ दम्पत्ती जिल्लाकै नमूना किसान भएको बताउँछन् ।

अध्यक्ष श्रेष्ठले भने, ‘हातमा सिप र मेहनत हुने हो भने यही माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ ।’

सुकनारायणले सुन्तला खेतीबाट लोभलाग्दो कमाई गर्न सफल भएकाले सबैको लागि प्रेरणाको स्रोत बनेको अध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठले भने, ‘सुकनारायणको सुन्तला खेतीले उहाँलाई मात्र आम्दानी दिएको छैन, पुरै गाउँलेलाई पनि व्यावसायिक सुन्तला किसान बनाउन प्रेरणा जगाएर उमाचोकको डाँडा कतै खाली छैन् ।

जताततै सुन्तलाको बगान छ । वि.सं २०६० सालदेखि निरन्तर रुपमा व्यावसायिक सुन्तला खेतीमा लागेको किसान श्रेष्ठले जानकारी दिएका छन् ।

सुरुमा २२ हजार रुपियाँ आम्दानी लिनु भएका श्रेष्ठको आम्दानीको ग्राफ उकालो चढिरह्यो ।

हजारबाट लाख १० लाख हुँदै ७० लाख रुपियाँसम्म उहाँले सुन्तला बिक्रीबाट हात पारेको श्रेष्ठले बताए । सुन्तला बिक्रीका लागि ग्राहक खोज्नु नपर्ने र ठेकेदारले बगैंचामा बोटबाटै टिपेर लैजाने उनको भनाइ छ ।

वर्षेनी एउटै व्यापारीले वगानको ठेक्का लिने उहाँले बताउनुभयो । सुन्तलाको गोडमेल, औषधी उपचारमा वार्षिक १८ लाखको हाराहारीमा खर्च हुने श्रेष्ठले बताए ।

श्रेष्ठले सुन्तला लगाउनुअघि गाउँलेले सुन्तला लगाएका थिएनन् । श्रेष्ठ २५ देखि ३० लाख हुँदै ५० देखि ७० लाख लिन थालेपछि चर्चा चल्न थाल्यो ।

श्रेष्ठले भने, ‘मैले राम्रो कमाएपछि सबैले सुन्तला लगाएर हुने रै’छ बुझे, हाल जति पनि जमिन जग्गा छन् त्यहाँ बाँझो नराखी सुन्तला लगाएर मैलैजस्तै आम्दानी गर्न थालेका छन् ।’

श्रेष्ठको सुन्तला खेतीमा साथ दिएकी छन् , जीवनसङगिनी युक्तकुमारी श्रेष्ठले । उनीहरु दुवै जनाले दुःख गरेर सुन्तलाको बोट हुर्काउँदै आएका छन् ।

Page Views: 107
संबन्धित शिर्षकहरु
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
ताजा अपडेट
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama