Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

३० महिनामा काम सक्ने योजना सहित मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति गरिंदै

- shuvadmin / आइतबार, पुष १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

उदयपुर, ३० महिनामा काम सक्ने योजना सहित मिर्चैया–कटारी–घुर्मी सडक खण्ड स्तरोन्नति तयारी गरिएको छ ।

प्रतिवेदन अनुसार निर्माण सुरु भएको यो आयोजनाको कुल लागत ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको छ ।

मधेश प्रदेशको सिरहा जिल्ला मिर्चैया चोकबाट सुरु भई कोशी प्रदेशको उदयपुर जिल्लाको घुर्मी बजार पुगेर यो सडक खण्ड सकिन्छ ।

यस आयोजना अन्तर्गत मूलरूपमा सडकको चौडाई फराकिलो पार्नेलगायत पुल निर्माण र स्तरोन्नतिको काम गरिने भएको छ ।

सडक विभागले यस सडक खण्ड स्तरोन्नति गर्ने प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारी वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

प्रतिवेदन अनुसार यस सडकलाई सहरी इलाकामा १३ मिटर चौडाइ बराबर बनाउने तयारी छ । ग्रामीण भेग (पहाड) मा ८.५ मिटर र तराईमा १० मिटर फराकिलो हुने गरी सडक विस्तार गरिने भएको छ ।

आयोजनाभित्र ३ वटा ठूला पुल पर्छन् । ७ साना पुल, २ सय ८९ पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने देखिएको छ ।

यो सडक स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका वडा नम्बर ६ र ७ तथा कटारी नगरपालिका १, २, ३, ४, ८, ११ र १४ नम्बर वडालाई प्रत्यक्ष लाभ मिल्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

यो सडकले सोलुखुम्बु सल्लेरीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने छ । अहिले दैनक ५ सय ठूला साना सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । यही सडकले संखुवासभा, ओखलढुंगा र खोटाङ जिल्ला सदरमुकाम समेत जोड्ने छ ।

यो आयोजना एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने समेत प्रतिवेदनमा उल्लेख छ ।

Page Views: 68
संबन्धित शिर्षकहरु
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama