Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अदालतमा रवि र छविबीच आरोप प्रत्यारोप, जीबी राईलाई सबैले देखाए जिम्मेवार

- shuvadmin / आइतबार, पुष १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित तीन जनाको बयान सकिँदा सबैले जीबी राईलाई दोष दिएका छन् ।

रवि र उनका साझेदार जोशीलाल जोशी बञ्जाडेले भने एक आपसमा दोष थुपारेका छन् ।

रवि, छवि र नेटवर्ककै अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईकी प्रेमिका भनिएकी लीला पछाईको बयान सकिँदा सबैलेले जीबीलाई आरोप लगाएका छन् ।

छविले भने रविको नाम लिँदै उनी र जीबी मिलेर सहकारी रकम गोरखा मिडियामा ल्याउने योजना बनाएको बताएका छन् ।

उता रविले पनि जीबी र छविलाई दोष लगाएका छन् । स्रोतले भन्यो ‘छबिले रविको र जीवीको नाम लिइरहँदा रविले जीबी र छविलाई दोष लगाएर उम्कन खोजेका छन् ।’

छविले बयानमा गोरखा मिडिया नेटवर्कको बैंक खातामा रकम जुटाउने कार्य जीबीले गर्ने गरेको र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने काम रविले गरेको उल्लेख गरेको छन् ।

रविले छविको बयानलाई स्विकार्दै आफूले संस्थाको निर्णयअनुसार आफूले चेक काटेर भुक्तानी गर्ने गरेको स्वीकार गरेका छन् । तर, सहकारीको रकम ल्याइएको विषय छविलाई थाहा हुनुपर्ने भनेका छन् ।

जीबी राईकी प्रेमिका भनिएकी लीलाले आफूलाई जीबीले भने ् गराएअनुसारको काम गरेको बयान अदालतमा दिएकी छिन् ।
न्यायाधीश नितिज राईको इजलासमा धमाधम बयान भइरहेको छ ।

आइतबार प्रतिवादीहरू रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ र कृष्णबहादुर गुरुङको बयान अगाडि बढेको छ ।

आइतबार बयान दिएका रामबहादुर खनालले पनि जीबी राईकै नाम पोलेका स्रोतले बताएको छ ।

सरकारी वकिल कार्यालयका अनुसार यो साताभित्रै नियन्त्रणमा परेका सबै प्रतिवादीको बयान सकाएर थुनछेक बहस शुरू हुनेछ । सरकारी वकिल कार्यालयले ४४ जनालाई प्रतिवादी बनाएको छ ।

जसमा सम्पत्ति जफततर्फ छविकै श्रीमती पद्मा बञ्जाडे जोशी, छविका छोरा रोचक जोशी, रामबहादुर पछाईकी श्रीमती राधा पछाई र रविकी श्रीमती निकिता पैडेललाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा रकम अपचलन गरेको आरोप छ ।

उनीहरूले आफूहरूले व्यक्तिगत लगानीसमेत नगरी सहकारी संस्थाको रकम अपचलन गरेर संस्थालाई हानी नोक्सानी गराएको देखिन्छ ।

कास्की जिल्ला अदालतमा थुनछेक बहस भएसँगै रविलाई थुनामा नपठाई धरौटीमा छाडेको अवस्थामा तत्कालै त्यहाँबाट मुद्दा अभियोजनका लागि रुपन्देही अदालतमा पेस गर्ने तयारी प्रहरीको छ ।

सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूलाई लागेको हो ।

गोरखा मिडियामा सूर्यदर्शनसँगै, कालिमाटीको स्वर्णलक्ष्मी, चितवनको सहारा, पर्साको सानोपाइला र रुपन्देहीको सुप्रिम सहकारीको रकम लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूमाथि छ ।

सरकारी वकिलको कार्यालयले गत आइतबार रविसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

जसमध्ये ८ वटा कम्पनी र पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। अन्यविरूद्ध सहकारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको हो ।

सम्पत्ति शुद्धीकरणमा रवि , पूर्वडिआइजी छवि, उनका साझेदार रामबहादुर खनाल, लीला पछाई र जीवी राईविरूद्ध मुद्दा दायर भएको हो। जीवी फरार छन् । अन्य चारै जना प्रहरी हिरासतमा छन् ।

रविविरुद्ध चारवटा कसुरमा छुट्टाछुट्टै सजायको माग गरी मुद्दा दायर भएको छ । सहकारी ऐन २०७४, सङ्गठित अपराध निवारण ऐन, २०७०, सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र मुलुकी अपराध संहिता २०७४ को एकीकृत कसुर अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

रविविरूद्ध सुर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ । यसमा रविको मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

यस कसुर अनुसार एक करोड भन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भएमा चार वर्षदेखि ६ वर्षसम्म कैद सजायको माग सरकारी वकिलले गरेको छ ।

रविविरूद्ध अर्को कसुर सङ्गठित अपराध

सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ अनुसार कसुर गरेको आरोप रविमाथि छ । उक्त दफा अनुसार सङ्गठित अपराध गर्न नहुने भनिएको छ।

यसमा तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुर मानिएको छ ।

त्यस्तै दफा ५ अनुसार आपराधिक समूह स्थापना गर्न नहुने भनिएकोमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ ।

त्यसैगरी रविमाथि सम्पत्ति शुद्धीकरणको पनि कसुर आकर्षित भएको जिकिर सरकारी वकिलले गरेको छ ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ३ अनुसारको कसुर भएको भन्दै सजाय माग गरेको छ । सरकारी वकिलले रविविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै बिगो माग गरेको छ ।

त्यसअनुसार बिगोको दोब्बर जरिवाना र कसुरको गम्भीरता अनुसार दुई देखि १० वर्षसम्म कैद सजायको माग गरिएको हो ।

सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरेको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।

यो कसुर अनुसार मुद्दा दायर भएसँगै रविको पद पनि निलम्बनमा पर्ने भएको छ । अब उनको सांसद पद निलम्बनका लागि सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई पत्राचार गर्नेछ ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ अनुसार राष्ट्र सेवकविरूद्ध मुद्दा दर्ता भएमा निलम्बनमा पर्ने व्यवस्था छ ।

रविले एक भन्दा बढी कसुर गरेको भन्दै एकीकृत कसुर अनुसार थप सजाय पनि माग गरेको छ । मुलुकी अपराध संहिताको २०७४ को दफा ४३ अनुसार सरकारी वकिलले थप सजाय माग गरेको छ ।

त्यसमा सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसुर बापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुर बापतको सजायको आधा सजाय थप गरी सजाय गर्नुपर्ने भनिएको छ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama