Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माओवादीले व्यक्तिको नाममा लैजान लागेको शेरा दरबारबारे छानबिन गरी कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

- shuvadmin / आइतबार, पुष १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गृहमन्त्री रमेश लेखकले माओवादीले कब्जामा लिएर व्यक्तिको नाममा लैजान लागेको नुवाकोटाको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा घटनाको गम्भीर रूपमा छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई उक्त घटनाबारे गम्भीर छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले सञ्चारमाध्यममा समाचार आएसँगै महानिरीक्षक कुँवर र एआईजी थापालाई बोलाएर उक्त प्रसङ्गबारे जानकारी लिँदै कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

अनुसन्धानबाट दोषी देखिएकाहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिएका छन् ।

पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ ।

हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको सार्वजनिक भएको हो ।

श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पहिलो कार्यकालमा स्वकीय सचिव थिए ।

तात्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाको आदेशमा अन्नपूर्ण फार्मिङमा श्रेष्ठका नाममा शेयर हस्तान्तरणमा सहमति दिइएको खुलेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रचण्ड २०७३ साउन ९ गते दोस्रोपटक प्रधानमन्त्री भएका बेलामा सापकोटा सचिव थिए । उनी पनि माओवादीनिकट कर्मचारी हुन् । दाहाल प्रधानमन्त्री भएपछि अन्नपूर्ण फार्मिङमा श्रेष्ठको प्रवेश भएको थियो ।

उनले त्यतिबेला ५ करोड ६७ लाख ५० हजार रुपैयाँ लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयबाट उपलब्ध कागजातमा पाइएको मिडियो रिपोर्टमा उल्लेख छ ।

सो सम्बन्धमा मिडियामा समाचार पनि आए । विशेषगरी नागरिक दैनिकले निरन्तर समाचार प्रकाशन गरेको थियो ।

दाहाल तेस्रो पटक प्रधानमन्त्री हुँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा परेको उजुरीमाथि छानबिन गर्न खोज्दा रोकिएको थियो ।

त्यतिबेला सीआईबी प्रमुखमा किरण बज्राचार्य थिइन् भने माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए ।

गृहमन्त्रीले यो विषयमा अनुसन्धानलाई अघि बढाउन खोज्दा पनि प्रधानमन्त्रीले रोकेका थिए ।

Page Views: 79
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama