Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जलवायुले पुर्‍याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : डा. कोइराला

- shuvadmin / बिहिबार, माघ ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जलवायु परिवर्तनले नेपाललाई समस्या परेको विषय उठाएका छन् ।

बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले उक्त विषय उठाएका हुन्। जलवायु परिवर्तनले नेपालमा हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको भेटमा कोइरालाले बताए। पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको कोइरालाले उल्लेख गरे ।

‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ ।’

कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसँग आग्रह गरे ।

नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’

कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए ।

बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Page Views: 129
संबन्धित शिर्षकहरु
राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama