Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चीनको अर्थतन्त्रमा सुधार नहुँदा तेलको मूल्यमा व्यापक गिरावट,डलर बन्यो बलियो

- shuvadmin / बिहिबार, माघ ०४, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, आज कच्चा तेलको मूल्य १ अमेरिकी डलरभन्दा बढीले घटेको छ ।

विश्वकै दोस्रो ठूलो कच्चा तेल प्रयोगकर्ता चीनको अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएपछि भविष्यमा माग कमजोर बन्ने भएकाबिच कच्चा तेलको मूल्य घटेको हो ।

आज ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.८६ प्रतिशत अर्थात १.४६ डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७६.८३ डलर पुगेको छ ।

त्यस्तै युएस वेष्ट टेक्सस् इन्टरमिडियट क्रुड फ्युचर्स ( डब्लुटीआई) को मूल्य १.५१ डलरले घट्दै प्रतिब्यारेल ७०.८९ डलरमा झरेको छ ।

चीनको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको तथ्यांक अनुसार गत वर्षको चौथो त्रैमाससम्ममा चीनको जीडीपी ५.२ प्रतिशतले वृद्धि भएको छ ।

जुन वृद्धि रोयटर्सले प्रक्षेपण गरेको ५.३ प्रतिशतको वृद्धिभन्दा कम हो । तथ्यांकका अनुसार गत वर्ष चीनको समग्र जीडीपी पनि भने ५.२ प्रतिशतले नै बढेको छ ।

चीनको अर्थतन्त्रबारे सार्वजनिक भएको पछिल्लो तथ्यांकले तेलको मूल्यमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।

लालसागरमा विद्यमान जल र हवाई टकराव समेत तेलको मूल्य वृद्धि हुनमा प्रयाप्त देखिएको छैन ।

लालसागरमा व्यापारिक जहाजमाथि भईरहेको हमलाले ढुवानीकर्तामाझ मार्ग रोकिने वा वैकल्पिक मार्ग प्रयोग गर्ने,ढुवानी खर्च बढ्ने र आपूर्ती सुस्त हुने जस्ता भय व्याप्त छ ।

यस्तै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ( फेड) का अधिकारीहरुले ब्याजदरमा आक्रामक कटौति हुने सम्झावना घटाएका कारण अमेरिकी डलर आज लगभग एक महिनाकै उच्च बिन्दुमा पुगेको छ ।

फेडका अधिकारीहरुको अभिव्यक्तिपछि डलर बलियो बनेको छ । डलर बलियो बनेपछि तेल खरिदकर्ताले डलरको माग कम गर्छन र अन्य मुद्रामा तेल खरिद गर्छन ।

ब्याजदर उच्च भएपछि तेलको माग समेत कमजोर बन्ने विश्लेषकले बताएका छन् ।

Page Views: 30
संबन्धित शिर्षकहरु
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama