आज नेपाली बजारमा सुनको मूल्य बढेर ३ लाख २० हजार नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आव सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेकाे हाे ।
बढेकाे मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतिताेला १० रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।