Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईफोन १७ सिरिजका यी मोडलमा लाग्ने छैन सीमकार्ड, नयाँ विकल्प दिने कम्पनीको तयारी

- shuvadmin / मङ्गलबार, भदौ १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आईफोन निर्माता कम्पनी एप्पलले सेप्टेम्बर ९ मा आफ्नो आईफोन १७ सिरिजका फोनहरू लन्च गर्ने घोषणा गरेको छ।

कार्यक्रम क्यालिफोर्नियाको एप्पल पार्कमा राति १०ः४५ बजे (नेपाली सयम) हुनेछ।

उक्त अवसरमा कम्पनीले चार फरक मोडलहरू प्रस्तुत गर्ने सम्भावना रहेको छ । जसमा आईफोन १७, आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७प्रो म्याक्स लञ्च हुनेछन् ।

तर लन्च हुनु अघि, एक रिपोर्ट सार्वजनिक भएको छ । जसमा एप्पलले ई–सिम सपोर्टका साथ धेरै अन्तर्राष्ट्रिय बजारहरूमा आईफोन १७ सिरिज लन्च गर्ने योजना बनाएको दाबी गरिएको छ ।

म्याकरुमर्सको रिपोर्टका अनुसार, एप्पलले धेरै अन्तर्राष्ट्रिय बजारहरूमा केवल ई–सिम सपोर्टका साथ आईफोन १७ सिरिज लन्च गर्ने योजना बनाएको छ।

यसको मतलब सायद यी फोनहरूमा भौतिक सिम कार्ड स्लट नहुन सक्छ। एप्पलले यसबाट फाइदा लिनेछ ।

कम्पनीले भौतिक सिम कार्ड स्लटहरू बनाउने पैसा बचत गर्नेछ।

एप्पलले सन् २०२२ मा आईफोन १४ सिरिजको साथ अमेरिकामा फिजिकल सिम स्लट हटाउन थालेको थियो।

यसपटक एप्पलले युरोपेली देशहरूमा मात्र ई–सिम सुविधा उपलब्ध गराउन सक्छ।

एप्पलले आफ्ना रिटेल कर्मचारीहरूलाई ई–सिम सपोर्टको साथ आईफोन मोडेलहरूको लागि प्रशिक्षण लिन निर्देशनहरू जारी गरेको म्याकरुमर्सले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

फ्रान्स, जर्मनी, इटाली, स्पेन र नेदरल्यान्ड्स जस्ता युरोपेली देशहरूमा एप्पल अधिकृत खुद्रा बिक्रेताहरूका लागि यो प्रशिक्षण अनिवार्य गरिएको छ।

कर्मचारीले सेप्टेम्बर ५ सम्ममा यो तालिम पूरा गर्नुपर्नेछ । जुन एप्पलको सिड एप मार्फत दिइँदैछ।

कम्पनीले चालेको यस्तो ठूलो कदम एप्पलले ठूलो मात्रामा ई–सिम प्रविधि लागू गर्ने तयारी गरिरहेको सङ्केत हो ।

आईफोन १७ सिरिजको मूल्यमा पनि केही परिवर्तनहरू देख्न सकिने जनाइएको छ ।

रिपोर्टका अनुसार आईफोन १७ प्रोको सुरुवाती मूल्य लगभग १ हजार ४९ डलर हुनेछ ।

यस्तै आईफने १७ प्रो म्याक्सको मूल्य १२४९ डलर हुन सक्छ।

बढ्दो उत्पादन लागत र ट्यारिफका कारण मूल्यवृद्धि हुने सम्भावना रहेको जनाइएको छ ।

Page Views: 42
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
२०८२ अन्तिम दिन घट्यो सेयर बजार
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama