Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तराई–मधेशमा छठको पूर्वसन्ध्यामा छठघाट व्यवस्थापन र सरसफाइ तीव्र

- shuvadmin / शुक्रबार, कार्तिक ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पश्चिम नवलपरासी, लोकआस्थाको महान् पर्व छठ नजिकिएसँगै तराई–मधेशका जिल्लाहरूमा अहिले छठघाटको व्यवस्थापन र सरसफाइले तीव्रता पाएको छ ।

श्रद्धा र निष्ठाका साथ मनाइने यस चार दिने पर्वको तयारी स्वरूप स्थानीय शहर तथा गाउँ बस्तीहरूमा रहेका नदी, तलाउ र पोखरीहरूको किनारमा छठघाट निर्माण र सजावटको कामलाई भव्यताका साथ अघि बढाइएको हो ।

पश्चिम नवलपरासीमा पनि स्थानीयवासी, युवा क्लब र विभिन्न पूजा व्यवस्थापन समितिहरू छठघाटलाई आकर्षक र व्यवस्थित बनाउन सक्रियताका साथ जुटेका छन् ।

छठ पर्वमा सूर्यदेवलाई अर्घ्य दिनका लागि जलाशयको किनारमा घाट बनाउने परम्परा अनुसार, पोखरी र नदी किनारहरूलाई सरसफाइ गरी झकिझकाउ बनाउने छ ।

छठघाटको विशेष तयारी

शुद्धीकरणः व्रतालुहरूका लागि अर्घ्य दिने स्थानहरूमा माटोको लेप लगाई शुद्ध पारिने कार्य भइरहेको छ ।

सजावटः घाट वरपर आकर्षक पण्डाल, रङ्गीचङ्गी बत्ती र तोरणहरूले सिङ्गारिँदै छ । केराका थम्बा र झिलिमिली बत्तीको प्रयोगले घाटहरूलाई मनमोहक बनाइँदै छ ।

‘नहाय खाय’ विधिबाट सुरु हुने यो पर्वमा व्रतालुहरूले निराहार व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पारिवारिक सुख, शान्ति, समृद्धि र सन्तान प्राप्तिको कामना गर्नेछन् ।

सद्भावको पर्व

सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस विशुद्ध धार्मिक आस्थाको पर्वलाई बढो हर्ष अनि उल्लासका साथ मनाइन्छ ।

छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि प्रसादहरू दिने चलन छ ।

केराका घोगा, नरिवल, भोगटे लगायतका मौसमी फलफूलहरूलाई छठको प्रसादका रूपमा लिइन्छ ।

यी फलफूलहरूलाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसादका रूपमा घर लैजाने परम्परा रहेको छ ।

Page Views: 35
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama