Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गुडकर्मा ग्रुपले किन्यो ठमेलको वैशाली होटल, दुई अर्ब ६७ करोड लगानीमा पाँचतारे होटल बनाउँदै

- shuvadmin / मङ्गलबार, कार्तिक २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालमा होटल तथा हाउजिङ परियोजना सञ्चालन गरिरहेको गुड कर्मा ग्रुपले राजधानीको ठमेलमा रहेको होटल वैशालीलाई खरिद गरी पाँच तारे बनाउने भएको छ।

प्रस्तावित पाँचतारे होटल बनाउन दुई अर्ब ६७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।

होटल हाल पुनर्निमाण प्रारम्भिक चरणमा रहेको मनाङ हस्पिटालिटी प्रालिले जनाएको छ।

कम्पनीले आगामी सन् २०२७ मा आंशिक रूपमा ‘सफ्ट लन्च’ गर्ने र २०२८ सम्ममा पूर्णरुपमा व्यावसायिक सञ्चालन गर्ने योजना बनाएको छ।

भौतिक प्रगतिको प्रारम्भिक चरणलाई ध्यानमा राख्दै, लागत तालिकाको समयमै कार्यान्वयन र पालना महत्वपूर्ण रहन्छ।

कम्पनीले ठमेलमा अवस्थित होटल वैशालीको अवस्थित सम्पत्तिलाई ‘फोर पोइन्ट्स बाइ शेराटन’ ब्रान्डअन्तर्गत पाँचतारे होटलमा अधिग्रहण र पुनर्निर्माण गर्ने योजना बनाएको हो।

कम्पनीले नोभेम्बर २०२५ को मध्यसम्ममा जग्गा र भवनको अधिग्रहण पूरा गर्ने अपेक्षा गरिएको छ।

त्यसपछि रिनोभेसनको कार्य शुरु हुनेछ। परियोजना विकासको प्रारम्भिक चरणमा छ। यद्यपि सबै आवश्यक ऋण व्यवस्थापन भइसकेको छ।

मनाङ हस्पिटालिटी गत असारमा काठमाडौँको ठमेलमा अवस्थित होटल वैशालीको सम्पत्ति अधिग्रहण र नवीकरण गर्ने प्राथमिक उद्देश्यका साथ स्थापना भएको हो।

यसको उद्देश्य विश्वव्यापी रूपमा मान्यता प्राप्त फोर पोइन्ट्स बाइ शेराटन ब्रान्डअन्तर्गत पाँचतारे होटलमा परिणत गर्नु हो।

जुन म्यारियट इन्टरनेसनलद्वारा व्यवस्थित गरिएको हो। प्रस्तावित होटलमा १०८ वटा कोठा हुने भएका छन्।

कर्मा तेन्जिङ कम्पनीमा ६३ प्रतिशत हिस्सा रहेको छ भने मनाइङ हस्पिटालिटको अध्यक्ष पनि हुन्।

कर्माको वित्त र उद्यमशीलतामा व्यापक अन्तर्राष्ट्रिय अनुभव छ। उनले अमेरिकाको फोर्डह्याम विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

उनले गुड कर्मा समूहको पनि नेतृत्व गर्दै आएको छन्। ग्रुपको रियल इस्टेट, शिक्षा र होटलमा लगानी विविधकरण भइको छ।

समूहले महाराजगञ्जमा उच्चस्तरीय आवासीय र आतिथ्य परियोजनाहरू विकास गरिरहेको छ।

साथै, परियोजनाले फोर पोइन्ट्स बाइ शेराटन ब्रान्डको ब्रान्ड नामअन्तर्गत सञ्चालन गर्न हङकङ लिमिटेडको लक्जरी होटल्स इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता सफलतापूर्वक अन्तिम रूप दिएको छ।

म्यारियट इन्टरनेशनल ३७ भन्दा बढी प्रसिद्ध ब्रान्डहरू र ९ हजार भन्दा बढी सम्पत्तिहरूको पोर्टफोलियो भएको विश्वको अग्रणी आतिथ्य कम्पनीहरू मध्ये एक हो।

यो रणनीतिक साझेदारीले परियोजनाको ब्रान्ड मूल्यलाई उल्लेखनीय रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।

Page Views: 76
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama