Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग

- शुभ बिहानी / बुधबार, भदौ १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले हालै रसुवा जिल्लामा गएको बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि सरकारको राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेका रसुवाका बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।


गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले विपद्को कठिन घडीमा एक स्थानीय तहले अर्को क्षेत्रका नागरिकप्रति मानवीय सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको बताउनुभयो।
अध्यक्ष तामाङले भन्नुभयो, “प्राकृतिक विपद् सबैको साझा पीडा हो। रसुवाका दाजुभाइ तथा दिदीबहिनीहरूले दुःखद परिस्थिति भोगिरहेका बेला सुनापति गाउँपालिकाको तर्फबाट सानो भए पनि सहयोग पुर्‍याउने उद्देश्यले सरकारको राहत कोषमा दुई लाख ?पैयाँ उपलब्ध गराएका हौँ।”
उहाँले विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
सुनापति गाउँपालिकाले यस सहयोगमार्फत रसुवाका बाढीपहिरो पीडितप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै विपद्को समयमा आपसी सहयोग र मानवीय भावनालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
प्राकृतिक विपद्को पीडामा साथ दिँदै सुनापति गाउँपालिकाले गरेको यो सहयोग स्थानीय सरकारको मानवीय र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिइएको छ।

 

Page Views: 45
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama