सरकारले पछिल्लाे समय गरेकाे पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । संयुक्त विद्यार्थी संगठनले हिजाे साँझ काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको हाे ।
विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका थिए । प्रदर्शनकाक्रममा उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका थिए ।
उनीहरुले सरकारले विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप गरेको आरोप लगाउँदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइदैन लगायतका प्लेकार्ड बोकेर राँके जुलुससहित प्रदर्शन गरेका थिए ।