Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, मङि्सर ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

- शुभ बिहानी / मङ्गलबार, मङि्सर ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber
काभ्रे सेवा समाज, यूएईले काभ्रेजिल्लाकाे महाभारत गाउँपालिका-८, घर्तिछापस्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । आज विद्यालयमा एक कार्यक्रम आयोजना गरेर समाजले ती सामग्री विद्यार्थीहरुलाई बाँडेको हो ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि तथा समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समाजले विद्यालय र विद्यार्थीको शैक्षिक उन्नतिमा योगदान पुर्‍याएको हो । यसले उनीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने समाजको अपेक्षा रहेकाे छ ।

शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएकाले बालबालिकाको अध्ययनमा सहजता ल्याउन र उनीहरुलाई शैक्षिक क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग गरिएको समाजका सल्लाहाकार डि बि लुङ्गेली मगरले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । विद्यालय परिवारले समाजबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

विदेशमा रहेर पनि मातृभूमिको शिक्षा, सामाजिक विकास र भावी पुस्ताको उज्ज्वल भविष्यप्रति चासो राख्दै समाजद्धारा गरिएको यो सहयोगले सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको सकारात्मक सन्देश दिएको छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
रेलबाट आएका यात्रुको स्वागत
हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
ताजा अपडेट
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
  • सुनचाँदीको मूल्य उकालाे लाग्याे
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama