आज बिहान सवा सात बजेतिर भारतको सिक्किम मंगन जिल्ला आसपास ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ ।
उक्त भूकम्पको धक्का नेपालको केही जिल्लामा समेत महसुस भएको थियाे भने भूकम्पले के कति क्षति भयाे भन्ने विवरण भने आइसकेको छैन । भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले जनाएको छ ।
भूकम्पकाे केन्द्र मंगन भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने जिल्ला हो । टिस्टा नदी आसपास अवस्थित यो शहर सिक्किमको राजधानी गान्तोकसँग सडकमार्गबाट जोडिएको छ । क्षेत्रफलका हिसाबले मंगन सिक्किमको सबैभन्दा ठूलो जिल्ला समेत मानिन्छ ।