Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, मङि्सर ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै

- शुभ बिहानी / मङ्गलबार, मङि्सर ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हिजो भारतको अयोध्यबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा हिजो भारतको अयोध्या र नेपालका जनकपुर जोड्ने सरयु–कमला एक्स्प्रेस रेल सेवा उद्घाटन गरिएको थियो ।

अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुरका लागि बिदाइ गरेको रेल आज बिहान १० बजे जनकपुरधाम आइपुग्दै छ । उक्त रेलकाे जनकपुरमा भव्य स्वागतको तयारी भएको छ ।

करिब ६ सय ४ किलोमिटर दुरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमन अझ सहज बनाउनेछ । यो रेल सातामा एक पटक दुईतर्फी रूपमा चल्ने छ भने तालिका अनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्ने बताइएकाे छ ।

त्यसैगरि प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुटेर रेल जनकपुरधाम आउने छ । यसैबिच कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले आज जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गरेकाे छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गर्दै आज एक दिनका लागि यात्रुको चाप र आवश्यकताअनुसार रेल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको हो । कम्पनीका अनुसार भोलिदेखि भने यसअघि सञ्चालन हुँदै आएको नियमित समयतालिकाअनुसार नै रेल सेवा सञ्चालन हुने बताइएकाे छ ।

कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नानका अवसरमा धनुषा, सिरहासहित विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पुग्ने भएकाले उनीहरूको यात्रालाई सहज बनाउन विशेष रेल सेवा सञ्चालन गरिएको हो । कम्पनीले सम्बन्धित सबै पक्षलाई विशेष रेल सेवाबारे जानकारी गराउँदै निर्धारित मितिमा सेवा उपयोग गर्न अनुरोध गरेको छ ।

Page Views: 4
संबन्धित शिर्षकहरु
भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
सुनचाँदीको मूल्य उकालाे लाग्याे
ताजा अपडेट
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
  • सुनचाँदीको मूल्य उकालाे लाग्याे
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
  • आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु
  • आज पनि सुनचाँदीको मूल्यमा गिरावट
  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama