प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूलाई अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउन निर्देशन दिएका छन् । हिजाे साँझ सुरक्षा निकायका प्रमुखहरूसँगकाे भेटमा उक्त निर्देशन दिएका हुन् ।
निवर्तमान गृहमन्त्रि सुधन गुरुङले राजिनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने काम सुरु गर्न निर्देशन दिएकाे बताइएकाे छ ।
अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियान काठमाडौं उपत्यकाबाटै सुरु गरिने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएकाे छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर रहेका बेला पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए ।
उक्त सुकुम्बासी बस्ती हटाउने प्रयास त्यसबेला सुकुम्बासीहरूको प्रतिवादका कारण सफल हुन सकेको थिएन । अहिले प्रधानमन्त्री भएपछि शाहले पुनः अतिक्रमित रूपमा बसोबास गरिरहेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।