अब बैंक तथा वित्तिय संस्थाले भू–सेवा केन्द्र सञ्चालन गर्न पाउने भएका छन् । त्यसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले आवेदन खुलाएको छ । विभागले केन्द्र सञ्चालन अनुमतिका लागि आवेदन पेश गर्न बैंक तथा वित्तिय संस्थालाई आह्वान गरेको हो ।
विभागद्धारा जारी सूचनामा भू–सेवा केन्द्र सञ्चालन अनुमति लिएपछि बैंक तथा वित्तिय संस्थाले ऋण लगानी कार्यका निम्ति आवश्यक धितो बन्धक र फुकुवासम्बन्धी लिखत, निवेदन, पत्रलगायत कागजात अनलाइन प्रणालीमार्फत भूमिसुधार तथा मालपोतमा पेश गर्न सक्ने उल्लेख छ ।
भनिएको छ, ‘बैंक वित्तीय संस्थाका (सबै वर्ग) प्रयोगकर्ताले ऋण लगानी गर्ने कार्यको लागि आवश्यक धितो बन्धक लिखत तथा निवेदन र फुकुवासम्बन्धी पत्र र अन्य आवश्यक कागजात अनलाइन प्रणालीमार्फत भूमिसुधार र मालपोत कार्यालयमा पेश गर्ने प्रयोजनार्थ भू–सेवा केन्द्रको अनुमति प्रदान गरिने भएको त्यसका लागि अनलाइन आवेदन खुल्ला गरिएको ।’