आजस्थानीय बजारमा सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य घटेकाे छ ।
सुन तोलाकाे ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुन तोलाकाे २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्यमा भने गिरावट आएकाे महासंघले जनाएकाे छ । चाँदी तोलाकाे ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे बुधवार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।