Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु

- शुभ बिहानी / शुक्रबार, साउन ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लाे ३ महिनामा देशैभर विपद्का ३ हजार २ सय ९६ घटनामा १६० जनाकाे मृत्यु भएकाे बताएकाे छ । प्राधिकरणले वैशाख १ गतेदेखि असार ३२ गतेसम्मका विपद्का घटनामा परि १६० जनाकाे ज्यान गएकाे बताएकाे हाे ।

प्राधिकरणले उक्त अवधिमा विपद्का घटनामा २ जना बेपत्ता र ९ सय ४५ जना घाइते भएकाे पनि जनाएकाे छ । उक्त अवधिमा ४ हजार ३ सय ७५ परिवार प्रभावित भएका छन् । जसमध्ये सबै भन्दा बढी ८ सय ९७ आगलागीका घटना भएकाे बताइएकाे छ ।

प्राधिकरणका अनुसार आगलागीका उक्त घटनामा १७ जनाको मृत्यु, १ सय ९ जना घाइते र ९ सय ९० परिवार प्रभावित भएकाे जनाएको हाे । उक्त अवधिमा सर्पदंशका ५ सय १४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४ सय ७९ जना घाइते र ५ सय १७ परिवार प्रभावित भएका छन् ।

त्यसैगरी, हुरीका ४ सय ७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार ३ सय ५६ परिवार प्रभावित भएका जनाइएको छ । पहिरोका ४ सय ३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३ सय ५१ परिवार प्रभावित भएका हुन् ।

चट्याङका २ सय २३ घटनामा २४ जनाको मृत्यु, १ सय २० जना घाइते र २ सय ६२ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १ सय ८१ घटनामा १७ जनाको मृत्यु, १ सय ३ जना घाइते र २ सय ८७ परिवार प्रभावित भएका उल्लेख गरिएकाे हाे।

त्यसैगरी, बाढीका १ सय ६१ घटनामा ९ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते र ३ सय ९६ परिवार प्रभावित भएका छन् । भारी वर्षाका १ सय ५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १ सय ३२ परिवार प्रभावित भएका हुन् ।

त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन् । ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको हाे । प्राधिकरणले तीन महिनामा वन डढेलोका १ सय ९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते हुनुका साथै हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएकाे जनाएको छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
ताजा अपडेट
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama