Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना

- शुभ बिहानी / मङ्गलबार, बैशाख १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने बताइएकाे हाे ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातकाे सम्भावना रहेको छ । त्यसैगरि कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

भाेलि बुधबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँहरुमा मेघगर्जन चट्याङ्गसहित वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेकाे छ । कोशी र मधेश प्रदेशको एक, दुई स्थानका साथै बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केहि ठाउँमा भारी वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
ताजा अपडेट
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
  • कक्षा १२ को परीक्षा आजदेखि सुरु
  • मनोहरा सुकुमवासी बस्तीमा डोजरसहित सुरक्षाकर्मी
  • बीपी राजमार्ग अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama