नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । प्रतिष्ठानको ६९ औ वार्षिकोत्सवका उपलक्ष्यमा महोत्सव गर्न लागिएको हो । महोत्सवमा सहभागी हुन चाहनेलाई कविता पठाउन आग्रह गरिएको छ ।
आउँदो जेठ २० गतेभित्र कविता पठाइसक्नुपर्ने छ । कविता जुनसुकै भाषा वा मातृभाषाको भएपनि हुनेछ । प्राप्त कवितामध्ये उत्कृष्ट दशलाई ५० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, महोत्सव सम्पन्न नभएसम्म कविता कुनै पनि विद्युतीय र छापा माध्यमबाट प्रशारित–प्रकाशित भएको हुनुहुन्न । सहभागी कविहरुले आफ्नो ठेगाना खुलाई हालसालै खिचेको फोटो र सम्पर्क नम्बरसहित प्रतिष्ठानको इमेलमा कविता पठाउनुपर्नेछ ।