Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास

- शुभ बिहानी / मङ्गलबार, भदौ ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालमै डिजाइन र उत्पादन गरिएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएको बताइएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वदेशी उत्पादन विद्युतीय स्कुटर ‘यात्री पी-२’ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएको बताएका हुन् ।

सिप्रदी यात्री कम्पनीले निर्माण गरेको स्कुटरकाे सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले नेपालमै विश्वस्तरीय उत्पादन सम्भव रहेको सन्देश यात्रीले दिएको बताएका छन् । उनले स्कुटरको डिजाइन बुढानीलकण्ठमा गरिएको र धादिङमा उत्पादन हुने उल्लेख गर्दै स्वदेशमै डिजाइनदेखि उत्पादनसम्मको काम हुनु सकारात्मक भएको समेत उल्लेख गरेका छन् ।

सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वाग्लेले यात्री पी-२ ले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो गुणस्तर स्थापित गरोस् भन्ने अपेक्षा व्यक्त गरेका थिए । उनले इटालीका प्रख्यात ब्रान्डभन्दा पनि अब्बल बन्ने र विश्व बजारमा विस्तार हुन सक्ने उत्पादनका रूपमा विकास होस् भन्दै शुभकामना समेत दिएका थिए ।

अर्थमन्त्री वाग्लेले स्वदेशमै निर्माण भएको विद्युतीय स्कुटरको उत्पादन तथा बजार विस्तारका लागि सरकारले आवश्यक सहयोग र संरक्षण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

Page Views: 78
संबन्धित शिर्षकहरु
चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
ताजा अपडेट
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट
  • बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगायाे
  • बूढीगण्डकी आएको बाढीले बस्ती र पुल बगायाे
  • आज बडादशैँकाे पहिलाे दिन घटस्थापना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama