Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रोशीमा फसेका ८९ यात्रुकाे उद्धार, चालक पक्राउ

- शुभ बिहानी / मङ्गलबार, बैशाख २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

निरन्तर वर्षाका कारण रोशी खोलामा पानीकाे बहाव बढेसँगै खोलाको बीचमा फसेका ८९ यात्रुकाे उद्धार गरिएकाे छ । खोलाको बीच भागमा फसेका ८९ जना यात्रुलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् ।

हिजाे साँझदेखि निरन्तर परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएकाे थियाे भने ५ वटा माइक्रोबस बीच खोलामा अड्किएकाे थियाे । खाेलाकाे बीचमा फसेकाे माइक्राेमा सवार ८९ जना यात्रुहरूलाई नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले रातिनै उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएकाे छ ।

यात्रुहरुकाे सकुशल उद्धार गरेपछि प्रहरीले लापरवाहीपूर्वक सवारी सञ्चालन गरी यात्रुको ज्यान र सम्पत्तिमा जोखिम सिर्जना गरेको आरोपमा पाँचवटै माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama